करिब ३ सय ३० किलो गाँजासहित दुई जना पक्राउ

करिब ३ सय ३० किलो गाँजासहित दुई जना पक्राउ


मोरङ । जहदा गाउँपालिका-२ तरिगमाबाट अवैध लागू औषध गाँजा करिब ३ सय ३० किलोग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत अररिया चन्दामोहन-५ बस्ने २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको गाँजासहित शनिवार राति पक्राउ गरेको हो । हाल दुवै जनालाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको छ ।