काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा ६ सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार सुनको मूल्य तोलामा दुई लाख ७० हजार ६ सयमा कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ६० रुपैयाँले बढेर चार हजार आठ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य तोलाको चार हजार आठ सय ३५ रुपैयाँमा कायम भएको थियो ।

प्रतिक्रिया