काठमाडौँ । नेपाल प्रहरीले एक महिनामा रु. ४० करोड ३५ लाख ४९ हजार ९ सय ६५ रुपैयाँ राजस्व संकलन गरेको छ ।
सोमबार प्रहरीले विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणका क्रममा मंसिर महिनामा उक्त रकम राजस्व संकलन गरेको विवरण सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार अदालती फैसला कार्यान्वयन, ट्राफिक कारबाही राजस्व, अवैध मालसामान बरामद, अवैध सुन र चाँदी बरामद, अवैध पशुपक्षी, हुण्डी कारोबार,अवैध काठ बरामद, अवैध नदी जन्य पदार्थ उत्खनन, श्रोत नखुलेको रकम गरी नौ शीर्षकमा उक्त रकम संकलन गरेको छ ।
सबैभन्दा बढी राजस्व अवैध सुन र चाँदी बरामदबाट संकलन भएको छ। जसमा ८९ लाख ४५ हजार ३ सय ९३ रुपैयाँ संकलन भएको छ।
कुन शीर्षकमा कति हेर्नुहोस् :


प्रतिक्रिया