काठमाडौं। सरकारले गृह सचिव रामेश्वर दंगालसहित सात सचिवको सरुवा गरेको छ।
शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले गृह सचिव रामेश्वर दंगाललाई तीन महिनामै सरुवा गरेर लोक सेवा आयोगमा लगिएको हो।
जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वगको अन्तरिम सरकार तीन महिनाअघि दंगाललाई रक्षाबाट सरुवा गरी गृह सचिवको जिम्मेवारी दिएको थियो।
दंगालको ठाउँमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठलाई सरुवा गरिएको छ। श्रेष्ठ प्रधानमन्त्री कार्यालय भन्दाअघि लोकसेवा आयोगको सचिव थिए।
सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव डा. कृष्णहरी पुष्करलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ भने दीपक काफ्लेलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा ल्याइएको छ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव डा.हरि लम्साललाई राष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ भने, उपराष्ट्रपति कार्यालयका सचिव लोकनाथ पौडेललाई युवा तथा खेलकुद मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ।
लोक सेवा आयोगका सचिव किरणराज शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ल्याइएको छ।

प्रतिक्रिया