आन्तरिक चुनावमा हारेपछि समानुपातिकमा परनेन् राप्रपा नेता डा.लोहनी

आन्तरिक चुनावमा हारेपछि समानुपातिकमा परनेन् राप्रपा नेता डा.लोहनी


 

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनी पार्टीको तर्फबाट समानुपातिकको बन्दसूचीमा नपर्ने भएका छन्।

डा.लोहन समानुपातिक बन्दसूचीमा रहने कि नरहने भन्नेबारे निर्णय लिन सोमबार भोटिङ हुँदा उनी पराजित भएका हुन्।

पार्टीको सोमबार बसेको कार्यसम्पादन समितिमा भोटिङका आधारमा निर्णय लिँदा डा.लोहनी पराजित भएका हुन्।

लोहनीलाई उम्मेदवार बनाउनुपर्ने पक्षमा १४ मत र नबनाउने पक्षमा १८ मत पर्यो । दुई मत बदर भए।

राप्रपाले यसअघि समानुपातिक प्रणालीमा सांसद बनेकाहरुलाई बन्दसूचीमा नराख्ने निर्णय गरेको थियो।

डा. लोहनीलाई समानुपातिकमा पार्ने कि नपार्ने भनेर बैठकमा विवाद भएपछि मतदानबाट निर्णय लिइएको हो। डा. लोहनी यसअघि राष्ट्रिय जनशक्तिबाट समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेका थिए।