कांग्रेसले समानुपातिकमा बुझाएको सूचीमा पदाधिकारीबाट आङ्दम्बेसहित ११० जना

कांग्रेसले समानुपातिकमा बुझाएको सूचीमा पदाधिकारीबाट आङ्दम्बेसहित ११० जना


 

काठमाडौं। नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फका ११० जना उम्मेदवारको बन्दसूची पदाधिकारीबाट सहमहामन्त्री भिष्मराज आङ्दम्बेलाई मात्रै समावेस गरेको छ।

कांग्रेले प्रतिनिधिसभाको यो चुनावमा विगतमा समानुपातिकमा अवसर पाएकालाई नदोहोर्याउने मापदण्ड निर्धारण गरेको थियो। कोशी प्रदेशबाट समानुपातिकका लागि उनको नाम सिफारिस भएको थियो।

२०७९ को संसदको निर्वाचनमा नेकपा एमालेका वसन्त नेम्वाङसँग ४७ मतले पराजित भएका उनी २०७४ मा नेम्वाङसँगै पराजित भएका थिए। २ पटक लगातार पराजय भोगेपछि उनलाई आदिवासी जनजातिबाट पहिलो नम्बरमा समानुपातिकतर्फ राखिएको जनाईएको छ।