\काठमाडौँ। नेपाली काँग्रेसले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ ।
सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई आयोगले तत्काल मान्यता नदिँदा काँग्रेसले मंगलबार ढिलो गरी बन्द सूची आयोगमा बुझाएको हो ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार साढे ११ बजेपछि काँग्रेसका तर्फबाट ११० जनाको नाम आयोगमा बुझाएको काँग्रेस स्रोतले जनाएको छ । निर्वाचन आयोगले दलहरूलाई पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको सूची बुझाउन समय दिएको थियो ।
काँग्रेसले बन्द सूचीमा २०६४ देखिका समानुपातिक सांसदहरूलाई समावेश गरेको छैन । कोसी प्रदेशबाट १८, मधेश २१, बागमती २२, गण्डकी ११, लुम्बिनी १७, कर्णाली १० र सुदूरपश्चिम १० उम्मेदवार समावेश गरिएको छ ।

प्रतिक्रिया