चिसो बढेपछि घोराहीका विद्यालयमा तीन दिन बिदा

चिसो बढेपछि घोराहीका विद्यालयमा तीन दिन बिदा


दाङ । दाङको घोराही उपमहानगरपालिकाले अत्यधिक चिसो बढ्दै गएपछि तीन दिन विद्यालय बन्द गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत ऋषिराज केसीले बुधबारदेखि पुस १८ सम्म विद्यालयमा बिदा दिइएको जानकारी दिए ।

उनले चिसोका कारण विद्यार्थीहरूको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै पालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिइएको बताए ।

जिल्लामा सोमबारदेखि अत्यधिक चिसो बढेको छ । उपमहानगरपालिकाले अभिभावक, शिक्षक तथा विद्यार्थीलाई आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरेको छ ।