विश्व बैंकको सहयोगमा मुलपानी-तितौरे सडक कालोपत्र हुँदै

विश्व बैंकको सहयोगमा मुलपानी-तितौरे सडक कालोपत्र हुँदै


बागलुङ । विश्व बैंकको सहयोगमा बागलुङ नगरपालिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये मुलपानी-तितौरे नौ किलोमिटर खण्डमा कालोपत्र थालिएको छ ।

पहिलो चरणमा तितौरेदेखि दानविसौनासम्म कालोपत्र सम्पन्न भइसकेको छ । यसअघि गणेशथान घुम्ती-निरयघाट र ओढारचौर-ढोडेनी सडक कालोपत्र भइसकेको छ ।

बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठका अनुसार सडक कालोपत्र गर्न विश्व बैंकले बागलुङ नगरपालिकासहित देशका १७ स्थानीय सरकारलाई अनुदान उपलब्ध गराएको थियो । स्तरोन्नतिसँगै सडक कालोपत्रका लागि निर्माण व्यवसायीसँग रु ४९ करोड २२ लाखमा ठेक्का सम्झौता भएको हो ।