जनकपुर। नेपाली कांग्रेसले आठ जिल्लाका ३२ निर्वाचन क्षेत्र रहेको मधेश प्रदेशबाट प्रतिनिधि सभाको समानुपातिकमा १६ जनालाई मात्र सिफारिस गरेको छ।समानुपातिकमा जनसङ्याको आधारमा कांग्रेसले २१ जनालाई सिफारि गर्ने भनिए पनि १६ जनालाई मात्र बन्दसूचीमा राखेको छ। कांग्रेसले रौतहट जिल्लाबाट भने कसैलाई पनि राखेको छैन।
मधेश प्रदेशका सबै जिल्लामा चार वटा मात्र निर्वाचन क्षेत्र भए पनि धनुषाबाट भने पाँच जनाको नाम बन्दसूचीमा राखिएको छ। यो जिल्लाबाट डा। चन्द्रमोहन यादव, मनहरि श्रेष्ठ, रामसुन्दर महरा, परमिला महतो, औरमिला कुमारी यादव र रामानन्द चौधरी (ललन) समानुपातिकको बन्दसूचीमा रहेका छन्। धनुषा नेपाली कांग्रेसका नेता तथा पूर्वउसभापति विमलेन्द्र निधिको गृह जिल्ला हो।
यस्तै, बाराबाट चार जना कविता यादव, रामनरेश कुशवाहा, राजेन्द्र जयसवाल र प्रियन्का दास रहेका छन्। बारा सहमहामन्त्रीद्वय उमाकान्त चौधरी र फरमुल्लाह मन्सुरको गृह जिल्ला हो। महोत्तरीबाट कन्चनाकुमारी पासवान र निनु कर्ण, सप्तरीबाट महेन्द्र यादव र चन्दन झा, सिरहाबाट नेपाल महिला संघकी केन्द्रीय सभापति उषा राउत मिश्र, पर्साबाट सुजाता देवी, सर्लाहीबाट अन्सार खाँ र रौतहटबाट सहजान खातुन बन्दसूचीमा रहेका छन्।

प्रतिक्रिया