१०.८७ अंकले बढ्यो नेप्से, ५ अर्ब १३ करोडको कारोबार

१०.८७ अंकले बढ्यो नेप्से, ५ अर्ब १३ करोडको कारोबार


काठमाडौँ – नेप्से आज दोहोरो अंकले बढेको छ । बुधबार नेप्से १०.८७ अंकले बढेर २६३३.७६ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४२ कम्पनिका एक करोड १९ लाख ४६ हजार ३३३ कित्ता शेयर ५ अर्ब १३ करोड ४८ लाख ५० हजार ५२ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज एसवाई प्यानल र न्यादी हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने प्योर इनर्जीको शेयर मुल्य ६.४७ प्रतिशतले बढेको छ । त्यस्तै आज वीन नेपाल लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ ।