काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार चार सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार सुनको मूल्य तोलामा दुई लाख ६१ हजार रुपैयाँमा कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले घटेर चार हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदीको मूल्य तोलाको चार हजार ४ सय ७० रुपैयाँमा कायम भएको थियो ।

प्रतिक्रिया