८२ वर्षकाले चुनाव लड्न हुने, मैले समानुपातिकमा बस्न नहुने ?- केसी

८२ वर्षकाले चुनाव लड्न हुने, मैले समानुपातिकमा बस्न नहुने ?- केसी


काठमाडौ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसी आगामी निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूचीमा पहिलो नम्बरमा परेका छन्। लामो समय प्रत्यक्ष निर्वाचन लड्दै आएका केसीले यसपटक प्रत्यक्ष नलड्ने बताए पनि समानुपातिकमा नाम आएपछि विवाद भएको छ। विशेष गरी उनी कांग्रेस महामन्त्री गगन थापाका ससुरा भएकाले ज्वाइँको प्रभावमा सूचीमा परेको आरोप लागेको छ।

विकासटाइम्ससंगको कुराकानीमा नेता केसीले आफ्नो निर्णयको स्पष्टता दिए। उनले भने, ‘मैले राजनीतिबाट संन्यास लिन्छु भनेको छैन। अघिल्लो निर्वाचनमै घरदैलो गर्ने क्रममा प्रत्यक्षमा चुनाव लड्दिनँ भनेको थिएँ। यसको अर्थ मेरो राजनीतिक सक्रियता रहँदैन भन्ने होइन। त्यसैलाई कतिपयले चुनाव नलड्ने घोषणा गर्‍यो भनेर लेखे। मेरो राजनीतिक जीवनमा मैले कहिल्यै कसैको निगाहबाट केही प्राप्त गरेको छैन। नुवाकोटका जनताबाटै प्रतिनिधित्व गर्दै आएँ। हार्दा वा जित्दा म सधैँ जनतामै गएको छु।’

केसीले समानुपातिकमा बस्ने निर्णय जिल्ला र प्रदेशका नेताहरूको आग्रहमा गरेको बताए। ‘मैले मेरो जिल्ला वा क्षेत्रमा मलाई समानुपातिकमा राख्न भनेको पनि होइन। जिल्लाका साथीहरूले चुनाव जित्नका लागि पनि अर्जुन दाइलाई समानुपातिकमा भए पनि राख्नुपर्छ भनेर मेरो नाम पठाउनुभएछ। बागमती प्रदेशबाट पनि मेरो नाम सर्वसम्मत रूपमा आएछ। सबैले भनेपछि मैले हुन्छ भनेको हो। दुई जना महामन्त्रीले चाहिँ मलाई नबस्ने हो कि भन्नुभएको थियो तर त्यतिबेलासम्म मेरो नाम राखिसकेको रहेछ। त्यसैले मेरो व्यक्तिगत चाहना वा कसैको निगाहभन्दा पनि जिल्ला र प्रदेशका नेताहरूले धेरै आग्रह गरेपछि म समानुपातिक बसेको हुँ,’ उनले भने।

काँग्रेस महामन्त्री गगन थापाका ससुरा भएकाले प्रभावमा परेको आरोपप्रति केसीले कडा प्रतिक्रिया दिए। ‘यस्तो भन्ने मान्छेहरूको बोल्न पाउने अधिकारलाई म सम्मान गर्छु। तर के गगन थापाको ससुरा भएको नाताले म अर्जुननरसिंह केसी भएको होरु जतिबेला गगन थापाहरू विद्यार्थी राजनीतिमा हुनुहुन्थ्यो, त्यतिबेला म पार्टीको सहमहामन्त्री भइसकेको थिएँ। हिजो पनि म कांग्रेसको केन्द्रीय सदस्य, सांसद जितेको नेता हो। के गगन थापाको ससुरा भएर जितेको हो? त्यसैले यी फाल्तु कुरा हुन्।’

उनले महामन्त्रीहरूलाई सुझाव पनि दिए। ‘मैले दुवै महामन्त्रीलाई महामन्त्रीकै नाताले आग्रह गर्छु– ७० वा ७५ कटेका कुनै पनि नेताले कुनै चुनाव नलड्ने भनेर निर्णय गराउनुस्, म त्यसको समर्थक हुन्छु। होइन भने भोलि ८२ वर्षकाले चुनाव लड्न हुने, मैले समानुपातिकमा बस्न नहुने किनरु ममा कुनै योग्यता, क्षमता, अनुभव वा के कुराको कमी छ र म अयोग्य छु? सबै पार्टीमा केही अनुभवी नेताहरू समानुपातिकमा छन्, कांग्रेसले मलाई अगाडि सार्‍यो, के भयो र ?’

केसीले आफ्नो निर्णयले महामन्त्रीलाई असर पारेको आरोप अस्वीकार गरे। ‘म गगन थापाको ससुरा मात्रै होइन, म अर्जुननरसिंह केसी हुँ। मेरा गुण होलान्, दोष होलान्, मेरा राम्रा(नराम्रा सबै पक्ष होलान्। तर मेरो निरन्तर संघर्षको इतिहास आफ्नै छ। त्यसैले कसैले चाहेर वा नचाहेर म कतै बस्ने वा नबस्ने भन्ने हुँदैन। म परिवर्तनकै पक्षमा छु। परिवर्तनका लागि अर्जुननरसिंह एउटाले योगदान गर्नुपर्छ भने म तयार छु।’

अन्य निष्ठावान कांग्रेस कार्यकर्ताको भाग खोसिएको आरोपप्रति उनले भने, ‘यो कोणबाट मेरो नाममा कसैले विवाद गरेको भए म बस्दिन थिएँ। जिल्ला र प्रदेशबाट सर्वसम्मत मेरो नाम आएछ। बागमती प्रदेशको सूची बनाउने बेला त महामन्त्री पनि हुनुहुन्छ नि। उहाँ पनि बागमती प्रदेशकै हो। म आफैँले अरू केही नाम सिफारिस गरेको थिएँ। उहाँहरूले नै मलाई बन्नुपर्छ भनेपछि बनेको हुँ। मेरा कारणले कसैलाई अन्याय हुँदैन र मलाई कसैसँग जोडेर हेर्न जरुरी छैन। म म नै हुँ।’

महाधिवेशनको सन्दर्भमा केसीले आफू स्वतन्त्र रहेको बताए। ‘महाधिवेशनको सन्दर्भमा म केन्द्रीय सदस्यको उम्मेदवार बनुँला भन्ने थियो। तर त्यतिबेला पनि तपाईंहरूले गगनको ससुरा केन्द्रीय सदस्य लड्यो भन्नुहोला निरु म गगनको ससुरा भएका कारणले कांग्रेस हुनुपर्ने मान्छे हो ररु मेरा समकालीन धेरै साथीहरूले फोन गर्नुभएको छ। कसैले विवेकहीन तर्क राख्छ भने उस्तै जवाफ पाउँछ।’

उनले आफ्नो राजनीतिक भविष्यबारे पनि खुलाए-म म नै हुँ। मलाई मेरो दृष्टिकोणले हेर्नु न। शेखर कोइराला र गगन थापा मात्रै नै मेरा उम्मेदवार भन्ने छैन। मैले आफैँ सभापति लड्दिनँ भनिसकेको छैन। अहिले सभापति लड्ने कुरा सम्भव पनि छैन, असम्भव पनि छैन। मैले महाधिवेशनमा लड्दा गगनको ससुराका रूपमा पनि सोच्नुपर्ने हो र?