काठमाडौँ । नेपाली कांग्रेसले विशेष महाधिवेशन आयोजनाको तयारी तीव्र पारेको छ । विशेष महाधिवेशन पक्षधरहरूले भृकुटीमण्डपमा हल पुष २७-२८ गते बुकिङ गरेको कांग्रेसका युवा नेता लेखनाथ पोखरेलले जानकारी दिए । उनले बुधबार भृकुटीमण्डप पुगेर हल बुकिङ गरिएको बताए ।
पार्टीभित्र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत नेताहरूले विशेष महाधिवेशनलाई निरन्तर जोड दिँदै आएका छन् । यसअघि ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले केन्द्रीय कार्यालयमा हस्ताक्षर बुझाएर विशेष महाधिवेशनको माग गरेका थिए ।
नियमित महाधिवेशनको मिति तोकिए पनि हुन नसक्ने अवस्था देखिएपछि महामन्त्रीहरूले विशेष महाधिवेशन बाध्यकारी भएको बताउँदै आएका छन् । महामन्त्री थापाले पुस मसान्तभित्र विशेष महाधिवेशन आह्वान गर्ने बाटोमा पार्टी अगाडि बढेको स्पष्ट पारेका छन् ।

प्रतिक्रिया