१२.८३ अंकले घट्यो सेयर बजार

१२.८३ अंकले घट्यो सेयर बजार


काठमाडौँ । साताको अन्तिम कारोबार दिन आज बिहीबार सेयर बजार १२.८३ अंक घटेको छ । बिहीबार नेप्से २६२०.९२ बिन्दुमा झरेर रोकिएको छ । यो ०.४८ प्रतिशतको गिरावट हो ।

‘अन्य’ उपसूचक बाहेक बिहीबार सबै उपसूचक ओरालो लागे । सबैभन्दा धेरै व्यापार उपसूचकका लगानीकर्ताले १.०९ प्रतिशतले गुमाए ।

बिहीबार कुल ३ सय ३६ धितो पत्रको ६४ हजार ४ सय ७ कारोबारबाट १ करोड १ लाख ५३ हजार २ सय २६ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम ४ अर्ब ७१ करोड ३९ लाखमा खुम्चियो । जुन अघिल्लो कारोबार दिन बुधबारको तुलनामा कम हो । बुधबार दोहोरो अंकले बढेको बजार आज घटेको हो ।