सभापति देउवाले आफ्नो समुहका शीर्ष नेतालाई बोलाए छलफलमा

सभापति देउवाले आफ्नो समुहका शीर्ष नेतालाई बोलाए छलफलमा


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको तयारीमा लागेपछि सभापति शेरबहादुर देउवाले आफ्नो समुहका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका छन् । उनले शुक्रबार बिहान छलफलका लागि कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरूलाई महाराजगञ्जस्थित निवास बोलाएका हुन् ।

कार्यवाहक सभापति खड्कानिकट स्रोतले सभापति देउवासँग हुन गइरहेको छलफल पुष्टि गरेको छ । ‘कार्यवाहक सभापति अहिले निवासमै भेटघाटमा हुनुहुन्छ । केहीबेरपछि सभापतिज्यूसँग भेटघाटका लागि जाने तयारी छ,’ स्रोतले भन्यो ।