देउवाका सारथी बालकृष्ण खाँण र डा शेखर कोइराला बिचमा के भयो समहति

देउवाका सारथी बालकृष्ण खाँण र डा शेखर कोइराला बिचमा के भयो समहति


काठमाडौं, । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका निकटतम नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पार्टीभित्रको चर्को महाधिवेशन विवादबीच नेता डा.शेखर कोइरालाभेट भएको छ । एक घण्टा भन्दा बढी समय भएको भेटमा भेटमा मुख्य छलफल कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रस्तावमा केन्द्रित भएको स्रोतले जनाएको छ। महामन्त्रीहरूले पार्टीको नियमित १५औँ महाधिवेशनको कार्यतालिका स्थगित गरी अब विशेष महाधिवेशनमा जाने अडान राखेका छन्। उनीहरूले पुस २७–२८ गतेका लागि भृकुटीमण्डपको हलसमेत बुकिङ गरिसकेका छन्।

डा. शेखर कोइरालाले भने विशेष महाधिवेशन बोलाउने निर्णय केन्द्रीय कार्यसमितिबाटै हुनुपर्ने स्पष्ट धारणा राखेका छन्। उनले भने “महामन्त्रीहरूको एकपक्षीय निर्णय वा हस्ताक्षर अभियानबाट मात्र यो प्रक्रिया अघि बढाउनु विधानसम्मत हुँदैन र पार्टीमा विभाजन निम्त्याउन सक्छ।”

कोइराला नियमित महाधिवेशनको पक्षमा देखिए पनि विशेष महाधिवेशनलाई पूर्ण अस्वीकार भने गरेका छैनन्। यो भेटलाई संस्थापन पक्षबाट शेखर कोइरालालाई मनाउन वा सहमति खोज्ने प्रयासका रूपमा हेरिएको छ। यसअघि ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग्दै हस्ताक्षर बुझाएका थिए। संस्थापन पक्षले भने महामन्त्रीहरूको कदमलाई विधानविपरीत र व्यक्तिगत निर्णय भनेको छ।

कांग्रेसभित्र नियमित महाधिवेशन तोकिएकै समयमा हुन नसकेपछि विशेष महाधिवेशनको बहस चर्किएको हो।