काठमाडौं, पुस १८ ९जनवरी २, २०२६० — नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर नेताहरूले पुस २७ र २८ गते नै विशेष महाधिवेशन आयोजना गर्नुपर्ने माग गरेका छन्। उनीहरूले शुक्रबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा यो अडान सार्वजनिक गरेका हुन्।
नियमित महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका अनुसार प्रक्रिया अघि बढ्न नसकेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको विकल्प अघि सारेका छन्। पक्षधर नेताहरूका अनुसार पुस २७–२८ गतेका लागि काठमाडौंको भृकुटीमण्डप हलसमेत बुकिङ भइसकेको छ।
जेठ–असारको जनआन्दोलन ९जेनजी आन्दोलन० पछि बदलिएको राजनीतिक परिस्थितिमा वर्तमान नीति र नेतृत्वका साथ आगामी निर्वाचनमा जान नसकिने भन्दै विशेष महाधिवेशन पक्षधरहरूले लामो समयदेखि यो माग उठाउँदै आएका छन्।
पत्रकार सम्मेलनमा बोल्दै नेता देवराज चालिसेले नियमित महाधिवेशन सम्भव नभएको अवस्थामा विशेष महाधिवेशनबाहेक अन्य विकल्प नभएको स्पष्ट पारे। उनले भने, ‘नेपाली कांग्रेससँग विशेष महाधिवेशनबाहेक अन्य कुनै विकल्प बाँकी रहेन।’
पत्रकार सम्मेलनमा वाचन गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘हामीलाई विश्वास छ– पुस २७–२८ मा विशेष महाधिवेशन गर्ने जिम्मेवारी केन्द्रले पूरा गर्नेछ।’
यसअघि महामन्त्रीद्वयले नियमित महाधिवेशन स्थगित गरेको घोषणा गरेका थिए भने संस्थापन पक्षले यो कदमलाई विधानविपरीत भनेको छ। पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज दिउँसो ३ बजे बस्दैछ ।

प्रतिक्रिया