काठमाडौ । नेपाली कांग्रेसभित्रको महाधिवेशन विवाद समाधानका लागि बोलाइएको केन्द्रीय कार्यसम्पादन समिति बैठक करिब पौने २ घण्टा ढिलो गरी सुरु भएको छ। दिउँसो ३ बजेका लागि निर्धारित बैठक महामन्त्री गगन थापा ढिलो आइपुगेका कारण पौने ५ बजे मात्र सुरु भएको हो। कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले बैठक केही ढिलाइपछि सुरु भएको पुष्टि गरेका छन्।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै केन्द्रीय कार्यसमितिले निर्णय गरेर अघि बढाइएको १५औँ नियमित महाधिवेशनको प्रक्रिया स्थगित गरेको घोषणा गरेका थिए। यो कदमपछि पार्टीभित्र चर्किएको विवादको निकास खोज्न कार्यसम्पादन समिति बैठक बोलाइएको थियो।
महामन्त्रीहरूले विशेष महाधिवेशनको विकल्प मात्र बाँकी रहेको बताउँदै पुस २७–२८ गतेका लागि भृकुटीमण्डप हल बुकिङसमेत गरिसकेका छन्। संस्थापन पक्षले भने यो निर्णयलाई विधानविपरीत र एकपक्षीय भनेको छ।।

प्रतिक्रिया