काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादृुुर खड्काले १५ औं महाधिवेशन वैशाख २८ देखि ३१ गतेसम्म गर्नेगरी प्रस्ताव गरेका छन्। जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा तत्कालललाई चुनावमा केन्द्रित हुने भन्दै वैशाखमा महाधिवेशन प्रस्ताव गरेका हुन्। पुस २६ गतेदेखि तोकिएको महाधिवेशन कार्यतालिका प्रभावित भएपछि कांग्रेसमा चर्को विवाद छ। संस्थापन पक्ष चुनावपछि महाधिवेशन गर्ने पक्षमा उभिएको भएपनि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने अडान लिइराखेका छन्।
प्रतिक्रिया