काठमाडौँ । नेपाली काँग्रेसको १५औँ महाधिवेशन आगामी वैशाखमा गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रस्ताव गरेका छन्।
शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा खड्काले आगामी वैशाख २८ देखि ३१ गतेसम्म महाधिवेशन गर्न प्रस्ताव गरेका हुन्। यसअघि काँग्रेस केन्द्रीय कार्यसमितिले पुस २६ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो।
तोकिएको समयमा महाधिवेशन नहुने भएपछि कार्यवाहक सभापति खड्काले संशोधन प्रस्ताव पेश गरेका हुन्।
नयाँ प्रस्तावअनुसार, आउँदो चैत २१ मा वडा अधिवेशन गर्न प्रस्ताव गरिएको छ। त्यस्तै, गाउँ तथा नगरपालिकाको अधिवेशन चैत २५ गर्ने प्रस्तावमा उल्लेख छ।
त्यसपछि चैत २८ मा प्रदेश सभा क्षेत्रीय अधिवेशन, आउँदो वैशाख २ मा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको जिल्लाको जिल्ला अधिवेशन प्रस्ताव गरिएको छ।

प्रतिक्रिया