धावन मार्गमा चिप्लिएर बुद्ध एयरको जहाज शुक्रबार राति झापाको भद्रपुर विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ५१ जना यात्रु बोकेर काठमाडौंबाट भद्रपुर आएको बुद्ध एयरको ९एन ए एमएस जहाज राति ९ः१० बजे धावन मार्गबाट दुई सय मिटर बाहिर गएर दुर्घटनामा परेको थियो।झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार जहाजमा आगलागी भएको छैन।त्यस्तै सबै यात्रुको सकुशल उद्धार भएको उनले जानकारी दिए।

प्रतिक्रिया