क्यानको वार्षिक क्यालेन्डर सार्वजनिक

क्यानको वार्षिक क्यालेन्डर सार्वजनिक


नेपाल क्रिकेट सङ्घ (क्यान) ले शनिबार सार्वजनिक गरेको वार्षिक क्यालेन्डरअनुसार नेपाली क्रिकेट आइसिसी टी–२० विश्वकप देखि उमेर समूहको घरेलु क्रिकेटसम्म चलायमान रहने छ ।

क्यानेन्डरमा पुरुष, महिला र उमेर समूहको अन्तर्राष्ट्रिय प्रतियोगिता देखि घरेलु क्रिमेटका सबै प्रतियोगिता समेटिएको छ । क्रिकेटलाई वर्षभर चलायमान बनाउन क्यानेन्डर ल्याएको क्यानका सचिव पारस खड्काले बताए।

‘‘राष्ट्रिय टोलीलाई मात्र होइन क्रिकेटको घरेलु संम्रचनालाई बलियो बनाउन क्यानले मिहिनेत गरेको छ । क्यालेन्डरमा रहेको प्रतियोगिताहरूलाई व्यवस्थित गर्न क्यानले आन्तरिक र ब्याह्य श्रोतबाट आर्थिक जोहो गर्ने छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) र एसियाली क्रिकेट काउन्सल (एसिसी) बाट प्राप्त हुने आर्थिक सहयोगले पनि कार्यक्रमका लागि टेवा पुग्ने छ । हामीले वर्षिक बजेट आइसिसीमा पठाई सकेका छौँ । विभिन्न प्रतियोगिताहरूबाट प्राप्त हुने दर्शक गेट मनी र अन्य प्रायोजकको साथले नेपाली क्रिकेट बलियो भएको छ । सरकारले क्रिकेटको भौतिक संरचना निर्माणमा गरेको सहयोग तारिफ योग्य छ,’’ पत्रकार सम्मेलनमा खड्काले भने।

क्यालेन्डर अनुसार जनवरीमा आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट नेपालमै हुने छ । यस्तै पुरुष टोलीले फेब्रुअरीमा भारत र श्रीलङ्कामा टी–२० विश्वकप खेल्ने छ । महिला टोलीको प्रिमियर कप पनि प्रस्ताव गरिएको छ ।

यस्तै नेपाललको पुरुष टोलीले मार्चमा विश्वकप लिग–२ सिरिज खेल्ने छ भने महिलाका लागि बाइल्याटरल सिरिज पनि तय गरिएको छ । क्यालेन्डरमा यू–१९ यू–१६ टोलीको अन्तर्राष्ट्रिय खेल पनि समावेश गरिएको छ ।

घरेलु क्रिकेटलाई चलायमान बनाउन पिएम कप क्रिकेट देखि विभिन्न राष्ट्रिय प्रतियोगिता, लिग र स्कुल च्याम्पियनसिपसम्मका कार्यक्रम क्यालेन्डरमा समावेश गरिएको छ ।