उदयपुरको बागपाटी आसपास केन्द्रबिन्दु भएर भूकम्प

उदयपुरको बागपाटी आसपास केन्द्रबिन्दु भएर भूकम्प


काठमाडौँ । उदयपुर जिल्लाको बागपाटी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार उदयपुरको बागपाटी आसपास केन्द्रबिन्दु भएर शनिवार राति १० बजेर ५१ मिनेट जाँदा चार दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि आजै बिहान ताप्लेजुङ र पाँचथरको सिमाना भएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।