काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टीले भोजपुरबाट २ जनाको नाम सिफारिस गरेको छ ।
आइतबार बसेको बैठकले पूर्व मन्त्री एवं पार्टी संघीय अध्यक्ष परिषद्का सदस्य सुदन किराँती र हेमन्त राईलाई उम्मेदवार सिफारिस गरिएको हो ।
किराँतीले २०७९ को चुनावमा एमाले नेता शेरधन राईलाई २३५८ मतले पराजित गरेका थिए । हेमन्त राई तत्कालीन समयमा माओवादीनिकटको अखिल क्रान्तिकारीका नेता हुन् भने उनी केन्द्रीय अध्यक्षमा पराजित भएका थिए ।

प्रतिक्रिया