भारतको छत्तिसगढमा मारिए २५६ माओवादी

भारतको छत्तिसगढमा मारिए २५६ माओवादी


काठमाडौँ । सन् २०२५ मा मध्य भारतको छत्तिसगढ जिल्लामा अवस्थित बस्तर जिल्लामा सुरक्षा बलले २५६ नक्सालवादी माओवादीहरूलाई मारेको छ । १५०० भन्दा बढीले आत्मसमर्पण गरेका छन् ।

शनिबार समाचार संस्था एएनआईसँगको कुराकानीमा बस्तर रेन्जका प्रहरी महानिरीक्षक पी. सुन्दरराजले सुरक्षा एजेन्सीहरुको समन्वयमा गरिएको कारबाहीका कारण बस्तर डिभिजनभरि माओवादी सञ्जालहरूलाई उल्लेखनीय रूपमा कमजोर बनाएको बताए ।

बिजापुर र सुकमा जिल्लामा भएका मुठभेडमा १४ माओवादीको शव सुरक्षा बलले बरामद गरेको घटनापछि सुन्दरराजले मिडियासँग कुराकानी गरेका हुन् । आईजीका अनुसार दुई जिल्लाको दक्षिणी भागमा माओवादी आन्दोलनको बारेमा विशिष्ट गुप्तचर सूचनाको आधारमा अपरेशन सुरु गरिएको थियो ।

‘अपरेशनको क्रममा सुरक्षा बल र माओवादीबीच धेरै मुठभेड भए । बिजापुर जिल्लाबाट दुई र सुकमा जिल्लाबाट १२ माओवादीको शव बरामद भयो’, सुन्दरराजले भने, ‘मुठभेड स्थलबाट एके-४७ र इन्सास राइफलसहित ग्रेडेड हतियारको ठुलो भण्डारसमेत फेला पारिएको छ ।

एक आधिकारिक विज्ञप्तिमा सन् २०२५ लाई बस्तर रेन्जका लागि ऐतिहासिक वर्ष भनेर वर्णन गरिएको सञ्चार माध्यम द स्टेट्समेनले उल्लेख गरेको छ । जसमा माओवादी नेतृत्व विरुद्धका प्रमुख सफलताहरू, ठुलो मात्रामा हतियारको बरामद र वरिष्ठ कार्यकर्ताहरूको आत्मसमर्पणलाई उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ( यी विकासहरूले यस क्षेत्रमा दीर्घकालीन शान्ति र स्थिरताको लागि बलियो जग खडा गरेको छ ।’