रास्वपा सचिवालय बैठक सुरु, जेलबाट फर्किएपछि पहिलो पटक रवि पनि सहभागी

रास्वपा सचिवालय बैठक सुरु, जेलबाट फर्किएपछि पहिलो पटक रवि पनि सहभागी


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक सुरु भएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

यस बैठकमा पार्टी समायोजन प्रक्रिया तथा निर्वाचन प्रक्रिया सम्बन्धित विषयमा छलफल हुँदै छ। पार्टी सभापति रवि लामिछाने जिम्मेवारीमा फर्किएपछिको पहिलो सचिवालय बैठक रहेको झाको भनाइ छ ।

लामिछाने पुस ४ गते रिहा भएका हुन् । उच्च अदालत बुटवलबाट धरौटीमा रिहा हुने आदेशअनुसार कागजी प्रक्रिया पूरा गरेर लामिछाने कारागारबाट छुटेका हुन् ।

उनलाई सुरुमा रुपन्देही कारागारमा राखिएको थियो । तर, उनी आफैँले जेल सरुवा मागेपछि ललितपुरस्थित नख्खु कारागारमा ल्याइएको थियो ।

बिगोबापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएपछि उनी रिहा भएका हुन् ।