उम्मेदवार छनोटका लागि रास्वपाद्वारा डा. स्वर्णिमको नेतृत्वमा उपसमिति गठन

उम्मेदवार छनोटका लागि रास्वपाद्वारा डा. स्वर्णिमको नेतृत्वमा उपसमिति गठन


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार छनोटका लागि उपसमिति गठन गरेको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले उपसभापति डा। स्वर्णिम वाग्लेको नेतृत्वमा उपसमिति गठन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

उपसमितिलाई योग्य उम्मेदवार एवं छनोट प्रक्रिया समेतको सिफारिस गर्ने जिम्मेवारी दिने निर्णय भएको उनले बताए ।

उपसमितिको सदस्यहरू भने पार्टी सचिवालयले मनोनयन गर्नेछ । उपसमितिमा संयोजकसहित ७ जना सदस्य रहनेछन् ।