पंगेनी पुनः नेपाली जनसम्पर्क समिति मलेसियाको सभापति निर्वाचत

पंगेनी पुनः नेपाली जनसम्पर्क समिति मलेसियाको सभापति निर्वाचत


क्वालालम्पुर ।  आज सम्पन्न नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो अधिवेशनबाट चोला कान्त पंगेनी पुनः सभापति पदमा निर्वाचित हुनुभएको छ।

नेपाली कांग्रेस निकट प्रवासी नेपालीहरूको संगठन नेपाली जनसम्पर्क समिति मलेसियाको यो अधिवेशनमा सहभागी प्रतिनिधिहरूले सर्वसम्मत रूपमा पंगेनीलाई दोस्रो कार्यकालका लागि सभापतिमा चयन गरेका हुन्। यसअघि पनि सभापति रहनुभएका पंगेनीले मलेसियामा रहेका नेपालीहरूको हकहित, लोकतान्त्रिक मूल्यहरूको संरक्षण र नेपाली कांग्रेसको संगठन विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आउनुभएको छ।

अधिवेशनमा मलेसियामा कार्यरत हजारौं नेपालीहरूका समस्या, वैदेशिक रोजगारीका चुनौती र नेपालको प्रजातान्त्रिक आन्दोलनमा प्रवासी नेपालीको भूमिकालगायतका विषयमा छलफल भएको बताइएको छ। नवनिर्वाचित सभापति पंगेनीले आगामी दिनमा संगठनलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। नवनिर्वाचित सभापति पंगेनीलाई नेपाली कांग्रेसका केन्द्रीय नेताहरूले  पनि बधाई सन्देश दिएका छन ।