महाधिवेशन प्रतिनिधिहरूलाई काठमाडौँ नआउन देउवाको अपिल

महाधिवेशन प्रतिनिधिहरूलाई काठमाडौँ नआउन देउवाको अपिल


काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका शीर्ष नेताहरूलाई बोलाएको बैठक सकिएको छ ।सभापति देउवा निवास महाराजगञ्जमा बसेको बैठकमा पार्टीभित्रको विवादका विषयमा छलफल भएको थियो ।

छलफलको क्रममा विशेष महाधिवेशनको औचित्य सकिएको निष्कर्ष निकाल्दै महाधिवेशन प्रतिनिधिहरूलाई काठमाडौँ नआउन अपिल गर्ने निर्णय भएको नेता विमलेन्द्र निधिले बताए ।

बैठकमा कार्यसम्पादन समितिको बैठकमा भएको निर्णयहरू कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले सभापति शेरबहादुर देउवालाई ब्रिफिङ गरेको थिए ।

विफ्रिङ लगतै देउवाले आफू निकटका नेताहरूलाई विशेष महाधिवेशनको औचित्य समाप्त भएको जानकारी दिए । देउवाको भनाइ उद्धृत गर्दै निधिले भने,‘अब यो विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको छ । देशभरिबाट सबै महाधिवेशन प्रतिनिधि साथीहरूलाई यहाँ आउनुपर्ने जरुरी छैन ।’

देउवाले महाधिवेशन नहुने भएपछि निर्वाचनमा होमिन सबैलाई आह्वान गरेको निधिले बताए ।