रास्वपाका ६ जनाले लिए समानुपातिकबाट नाम फिर्ता

रास्वपाका ६ जनाले लिए समानुपातिकबाट नाम फिर्ता


काठमाडौ । आलोचना बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी को समानुपातिक उम्मेदवारबाट ६ जनाले नाम फिर्ता लिएका छन् । रास्वपाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको बन्दसूची राखेका डा अरनिको पाँडेले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

पाण्डेले आज सामाजिक सञ्जालमार्फत् आफूले उम्मेदवारी फिर्ता लिएको जानकारी गराएका हुन्। पाण्डसँगै रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिनेको संख्या ६ पुगेको छ।

यसअघि रास्वपाको सूचीबाट व्यवसायी चन्द्र ढकालका छोरा सचिन ढकाल, आरोही टासी शेर्पा, गायिका त्रिशला गुरुङ, अभिनेता आसिफ साह र प्राध्यापक महेन्द्र लावतीले उम्मेदवारी फिर्ता लिने जानकारी दिएका थिए। समानुपातिक उम्मेदवारको बन्द सूचीबाट आफ्नो नाम हटाउन आफूले रास्वपा केन्द्रीय समिति बैठकमा जानकारी गराइसकेको पाण्डेको भनाई छ।