आज एकैदिन सुन तोलामा ४ हजार ६ सयले बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

आज एकैदिन सुन तोलामा ४ हजार ६ सयले बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा चार हजार ६ सय रुपैयाँले बढेर २ लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन प्रतितोला दुई लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा १८५ रुपैयाँले बढेर आज ४ हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी चार हजार ५०० रुपैयाँमा कायम भएको थियो ।