विशेष महाधिवेशन हुँदैन , हुन दिँदैनौं : सिटौला

विशेष महाधिवेशन हुँदैन , हुन दिँदैनौं : सिटौला


काठमाडौं । नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभामा दलका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको विशेष महाधिवेशन नहुने ठोकुवा पनि गरेका छन् । । सोमबार पत्रकारहरूसँगको कुराकानीमा सिटौलाले भने ‘विशेष महाधिवेशन हुँदैन । हुन दिँदैनौं । कांग्रेस चिरा हुँदैन हामी हुन दिँदैनौं,’ उनले भने, ‘कांग्रेस पार्टी फुटोस्, कमजोर होस् अनेक झगडा होस् भन्ने चाहना होला । हामी त्यो हुन दिदैनौं ।’

उनले विशेष महाधिवेशनको माग राखेर हस्ताक्षर गरेका महाधिवेशन प्रतिनिधिहरूलाई काठमाडौं नआउन पनि सिटौलाले आग्रह गरे । ‘हस्ताक्षर गर्नेलाई काठमाडौ नआउन आग्रह गर्दछु। चुनावको तयारीमा लाग्न आग्रह गर्दछु’ उनले भने । उनले दलहरूसँग तालमेल गरेर चुनावमा जाने तयारीमा रहेको बताएका छन् ।

प्रतिनिधि सभामा गठबन्धन नगर्ने कांग्रेसको बटम लाइन नै भएको बताएका हुन् । ‘राष्ट्रिय सभामा रणनितीक तालमेल हुन्छ। प्रतिनिधि सभामा गठबंधन नगर्ने कांग्रेसको बटम लाइन हो,’ उनले भने ।