काठमाडौँ । साढे चार हजार कैदी बन्दी अझै फरार रहेका छन् । जेन जेड आन्दोलनको मौकामा देशका विभिन्न कारागारबाट फरार भएका ४ हजार ५५४ कैदी बन्दी अझै फरार रहेका हुन् ।
कारागार व्यवस्थापन विभागका अनुसार फरार हुनेमा कारागारमा रहेका ४ हजार २५० र बाल सुधार गृहमा रहेका ३०४ जना छन् ।
आन्दोलनको मौकामा कारागारबाट १३ हजार ५८५ जना र बाल सुधार गृहबाट ९७४ जना गरी १४ हजार ५५९ कैदी बन्दी फरार भएका थिए ।
जसमध्ये अहिलेसम्म ९ हजार ९८६ जना कारागार फिर्ता आएका छन् । आन्दोलनको मौकामा भाग्न खोज्दा कारागारमा रहेका १३ र बाल सुधार गृहमा रहेका ६ जना गरी ९ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया