काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिवालय बैठक बोलाएका छन् ।
बैठक मंगलबार बिहान ९ बजे च्यासलस्थित केन्द्रीय कार्यालयमा समसामयिक राजनीतिक विषयमा छलफलका लागि बोलाएको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी, उम्मेदवारी सिफारिस प्रक्रिया र अन्य समसामयिक मुद्दाहरूमा केन्द्रित भएर छलफल हुने सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया