काठमाडौ । नेपाली कांग्रेस नेता आरजु राणा सोमबार अपराह्न २ बजे काठमाडौँबाट दिल्ली प्रस्थान गरेकी छन् ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतबाट आज फर्किँदै छन् भने नेपाली कांग्रेसकी नेता डा आरजु राणा देउवा दिल्ली प्रस्थान गरेकी छन्। भारत भ्रमणका क्रममा प्रचण्डले राजनीतिक भेटघाट पनि गरेको छन्। प्रचण्डले भारत सरकारका सुरक्षा सल्लाहकार अजीत डोभलसँग भेटघाट गरेको जनाएको छ। त्यससँगै केही राजनीतिक नेतृत्वसँग पनि छलफल गरेका छन्। उनी आज साँझ नेपाल एअरलाइन्सको जहाजबाट स्वदेश फर्किँदै छन्।
उता कांग्रेस नेताआरजु राणाको भारत भ्रमणका विषयमा खुलाइएको छैन । उनले राजनीति भेटघाट गर्ने जनाइएको छ।

प्रतिक्रिया