कांग्रेस बैठकले गर्यो राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने निर्णय

कांग्रेस बैठकले गर्यो राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने निर्णय


ठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक राष्ट्रियसभा निर्वाचनमा अन्य दलहरूसँग तालमेल गर्ने निर्णय गरेर सकिएको छ । कांग्रेसले ८ सिट दाबी गरे पनि अन्य दलहरूसँग सहमति नभइसकेकाले सिट तोक्नु उपयुक्त नहुने कार्यवाहक सभापति पूर्णबहादुर खड्काको भनाइ थियो ।

उनले बैठकमा तालमेलका विषयमा समझदारी मात्र भएको भन्दै सिट बाँडफाँटको विषय सहमतिपछि मात्र सार्वजनिक गर्नु उपयुक्त हुने बताएका थिए । कांग्रेस प्रवक्ता डा प्रकाशरण महतले आजै साँझ सिट बाँडफाँटमा सहमति हुने बताए । बैठकमा कार्यवाहक सभापति खड्काले कांग्रेसले तालमेलमा ८ सिट दाबी गरेको ब्रिफिङ गरेका थिए । कांग्रेस–एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच सिट बाँडफाँटको प्रस्तावमा कांग्रेसले मधेसकेन्द्रित दललाई पनि सामेल गराउने प्रस्ताव गरेको छ ।

अब यी दलहरूबीच सिट बाडफाँट हुनेछ । जसपा अध्यक्ष उपेन्द्र यादवले दुई सिट दाबी गरेका छन् । अन्य दलले एक सिट मात्र दिन सकिने विकल्प बताइरहेका छन् । राष्ट्रियसभाका १८ सिटका लागि आगामी माघ ११ गते चुनाव हुँदै छ ।