नेपाली राष्ट्रिय पुरुष टिमको जर्सी सार्वजनिक

नेपाली राष्ट्रिय पुरुष टिमको जर्सी सार्वजनिक


काठमाडौँ । आइसीसी टी-२० विश्वकप २०२६ खेल्ने नेपाली राष्ट्रिय पुरुष टिमको जर्सी सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आइसीसी विश्वकप २०२६ को ट्रफीसँगै विश्वकप खेल्ने जर्सी सार्वजनिक गरेको हो। नेपालको जर्सी गाढा निलो रंगमा चन्द्र र सूर्य अंकीत रहेको छ।

समर्थकहरूका लागि जर्सी नेपाली रुपैयाँ ७९९ रुपैयाँमा उपलब्ध गराउने भाटभटेनी होल्डिङका म्यानेजर आलोक गुरुङले बताए। जर्सी सार्वजनिक गर्ने क्रममा नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले नेपालमा पनि क्रिकेटको क्रिज बढेको बताए।

उनले नेपालका विभिन्न विश्व सम्पदा सूचीमा परेका क्षेत्रहरूमा विश्वकप २०२६ को ट्रफी टुर गराइने बताए । आज विश्वकपको ट्रफी सगरमाथा बेस क्याम्प लाने कार्यक्रम रहे पनि मौसमका कारणले उक्त ठाउँमा लान सकिएन।