आज दुई संसदीय समितिको बैठक बस्दै

आज दुई संसदीय समितिको बैठक बस्दै


काठमाडौँ । संघीय सांसदअन्तर्गत दुई संसदीय समितिको बैठक आज बस्ने भएको छ ।

विधायन व्यवस्थापन समितिको १५१ औँ बैठक बिहान ११:३० बजे बस्नेछ । बैठकमा चलचित्र विधेयक, २०८१ मा दफावार छलफल गरिने कार्यसूची तय गरिएको छ ।

यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३१४औँ बैठक दिउँसो १ बजे बस्दै छ । बैठकमा कोशी प्रदेशको अनुगमन कार्यक्रमको समीक्षा गरिने कार्यसूचीमा उल्लेख गरिएको छ ।