काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक जारी छ । पार्टी कार्यालय च्यासलमा बसिरहेको बैठकमा ८ एजेण्डामा केन्द्रित छलफल भइरहेको सचिव महेश बस्नेतले बताए ।
उनका अनुसार बैठकमा राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार चयन, घोषणा-पत्र तयारी समिति गठन, निर्वाचन परिचालन समिति गठन, निर्वाचन केन्द्रित भूगोलको कार्यविभाजन, युवा केन्द्रित निर्वाचन परिचालन रणनीति रहेका छन् । यो बैठकपछि एमाले प्रतिनिधिसभाको निर्वाचनमा होमिने देखिएको छ ।
यस्तै, संशोधित विधानअनुसार बागमती प्रदेश कमिटी, राजधानी प्रदेश कमिटी, सम्पर्क विशेष संगठन कमिटी गठन गर्ने कार्यसूची पनि छ । पार्टी नियमावलीमा संशोधन र नीति अनुसन्धान प्रतिष्ठानको निर्देशिका संशोधन गर्नेबारे पनि छलफल भइरहेको उनले बताए ।
राष्ट्रियसभा निर्वाचनमा काँग्रेस र नेकपासँग चुनावी तालमेल गर्नेबारे एमाले छलफलमा छ । त्यसबारे आजको बैठकले निर्णय लिन सक्ने जनाइएको छ ।

प्रतिक्रिया