काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन

काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन


काठमाडौँ। काठमाडौँको न्यूनतम तापक्रम यस वर्षको हालसम्मकै कम मापन भएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ८:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियस मापन भएको हो ।

महाशाखाका मौसमविदहरुका अनुसार यो काठमाडौँमा यस वर्षको हालसम्मकै सबैभन्दा कम तापक्रम हो । काठमाडौँमा आज बिहान ५:४५ बजेको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस थियो ।

काठमाडौँको तुलनामा ललितपुरको सानेपा क्षेत्रको न्यूनतम तापक्रम झन् कम छ । मौसमविद्का अनुसार आज बिहान सानेपा क्षेत्रको न्यूनतम तापक्रम २.८ डिग्री सेल्सियस मापन भएको छ । यो अघिल्लो दिनको तुलनामा ०.५ डिग्री सेल्सियसले कम हो ।

काठमाडौँ उपत्यकामा अहिले भने घाम लागेकाले केही न्यानो महसुस भएको छ । तर मौसमविदहरुका अनुसार केही दिनयता काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम लगातार घट्दो क्रममा छ र जाडो बढ्दो छ ।

शनिबार काठमाडौँको न्यूनतम तापक्रम ४.७ डिग्री सेल्सियस थियो । आइतबार ४ र सोमबार ३.५ डिग्री सेल्सियस मापन भएको थियो । नेपालमा न्यूनतम तापक्रमको आधिकारिक तथ्यांक हरेक दिन बिहान पौने ९ बजे मापन गरेर सार्वजनिक गरिन्छ ।