माघ ६ पछि विशेष महाधिवेशन आह्वान गर्न डा. शेखर कोइरालाको प्रस्ताव

माघ ६ पछि विशेष महाधिवेशन आह्वान गर्न डा. शेखर कोइरालाको प्रस्ताव


काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशन सहमतिको आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नुपर्ने बताएका छन् ।

आफ्नो निजी सचिवालयमा भेट्न आएका पार्टीका ३० भन्दा बढी केन्द्रीय सदस्यहरूको समूहसँग छलफल विशेष महाधिवेशन पक्षधरहरूसँग छलफल गरेर माघ ६ गतेपछि बोलाउँदा उचित हुने बताए ।

उनले भने, ‘अहिले राष्ट्रिय सभा र प्रतिनिधि सभाको समानुपातिक उम्मेदवार टुङ्ग्याउनु पर्नेछ । यसकारण विशेष महाधिवेशन पक्षधरहरूसँग छलफल गरेर माघ ६ गतेपछि बेलाउँदा उचित हुन्छ। त्यो बेलासम्म राष्ट्रिय सभा तथा प्रतिनिधि सभाको मनोनयनका सबै प्रक्रिया सकिन्छन् । यसरी बोलाउँदा एकताको सन्देश पनि जान्छ ।’

सबैको मनोभावना सम्बोधन हुने गरी केन्द्रीय समितिले विशेष महाधिवेशन डाक्दा सबैलाई मान्य हुने र आफू त्यसको लागिपरेका समेत बताए।

उनले फरक प्रसंगमा काँग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धन गर्न नहुने बताए । गठबन्धनले प्रत्यक्ष निर्वाचनमा दुई चार सिट बढी आउँला तर समानुपातिक मत घट्ने र काँग्रेसलाई दीर्घकालीन हानी हुने बताएका छन् ।

आगामी निर्वाचनमा नेपाली काँग्रेसले एक्लै चुनावमा जानु पर्ने कुरामा आफू स्पष्ट भएको बताएका छन् ।