जापानमा ६.४ म्याग्निच्युडको भूकम्प

जापानमा ६.४ म्याग्निच्युडको भूकम्प


काठमाडौँ । पश्चिमी जापानको शिमाने प्रान्तमा ६.४ म्याग्निच्युडको भूकम्प गएको छ ।

भूकम्प स्थानीय समय अनुसार बिहान १०:१८ मा पूर्वी शिमाने प्रान्तमा करिब १० किलोमिटरको गहिराइमा आएको स्थानीय मिडियाले जनाएको छ । मौसम विज्ञान विभागले भूकम्पले जापानको शिमाने र टोटोरी प्रान्तहरू सबैभन्दा बढी प्रभावित भएको जनाएको छ ।

विभागका खनुसार भूकम्पको केन्द्र ३५.३ डिग्री उत्तरी अक्षांश र १३३.२ डिग्री पूर्वी देशान्तरमा रहेको थियो । जेएमएका अनुसार ५.१ र ५.४ म्याग्निच्युड मापन गरिएका दुई वटा पराकम्पले समान क्षेत्रलाई स्थानीय समय अनुसार क्रमशः १०:२८ र १०:३७ मा प्रहार गरेको थियो ।

भूकम्पको केन्द्रबिन्दुबाट दक्षिणमा रहेको हिरोसिमा प्रान्तको फुकुयामा सहरमा भूकम्पका कारण दुई जना घाइते भएको रिपोर्टमा उल्लेख छ ।

भूकम्प परिमाण ६.२ म्याग्निच्युड रहेको उल्लेख गर्दै जेएमएले पश्चिमी टोटोरी प्रान्तमो लामो अवधिको भू-गति अवलोकन गरिएको बताएको छ । लामो अवधिको भू-गतिले ठूला भूकम्पहरूबाट तीव्र, ढिलो र निरन्तर भूकम्पीय छालहरूलाई जनाउँछ, जसले उच्च-वृद्धि भवनहरूलाई हल्लाइ माथिल्लो तलामा रहेका मानिसहरूलाई असर गर्न सक्छ ।