कोशीमा मन्त्रिपरिषद् पुनर्गठन हुँदै

कोशीमा मन्त्रिपरिषद् पुनर्गठन हुँदै


काठमाडौँ। कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले आज मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । नयाँ मन्त्रीको शपथ ग्रहणका लागि प्रदेश प्रमुखसँग मंगलबार साँझ साढे ४ बजेको समय लिइएको छ । वर्तमान सरकारमा रहेका सबै मन्त्रीले आजै राजीनामा दिने तयारी छ ।

कोशीमा गठबन्धनमा रहेका काँग्रेस र एमालेले आफ्ना मन्त्रीहरूलाई फिर्ता गर्दै नयाँ अनुहार पठाउने समझदारी गरेका थिए । समझदारीपछि आजै नयाँ मन्त्रीको शपथको टुंगो लागेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

वर्तमान सरकारमा एमालेबाट आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी, आर्थिक मामिला तथा योजना मन्त्री राम राना, खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री एकराज कार्की, सामाजिक विकास मन्त्री पाँचकर्ण राई, राज्यमन्त्री सिर्जना राई छन् ।

काँग्रेसबाट भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राई, पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डल, उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिं हांगाम छन् । सरकारमा रहेका मन्त्रीले आजै राजीनामा दिने बताइएको छ ।