‘उन्नत समाजवादका लागि सर्वहारा दृष्टिकोण आवश्यक’ : राम कार्की

‘उन्नत समाजवादका लागि सर्वहारा दृष्टिकोण आवश्यक’ : राम कार्की


काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता राम कार्कीले उन्नत समाजवाद निर्माणका लागि सर्वहारा दृष्टिकोण आवश्यक रहेको बताएका छन् ।

आज प्रलोपाको काठमाडौँ जिल्ला एकता भेला तथा बैठकलाई सम्बोधन गर्दै नेता कार्कीले प्रशिक्षणात्मक मन्तव्यमा जनतासँग प्रत्यक्ष जोडिएको, वर्गीय दृष्टिकोणमा आधारित राजनीति आजको प्रमुख आवश्यकता भएको उल्लेख गरे ।

उनले पार्टीले श्रमिक, किसान र उत्पीडित वर्गका समस्या र संघर्षलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिए।

नेता कार्कीले नेपालमा रातो झन्डाका नाममा विचार र मूल्यको दुरुपयोग भएको टिप्पणी गर्दै पार्टी पङ्क्तिलाई त्यसप्रति सचेत र जिम्मेवार बन्न आग्रह गरे । “रातो झन्डा केवल प्रतीक होइन, यो श्रमिक, किसान र उत्पीडित वर्गको संघर्षको चिह्न हो,” उनले भने, “यसको मर्म बिर्सेर गरिने राजनीति समाज रूपान्तरणको बाटो होइन ।”

भेलामा पार्टीको संगठन सुदृढीकरण, वैचारिक एकता र आगामी राजनीतिक कार्यदिशाबारे समेत छलफल गरिएको थियो ।