‘प्रचण्ड’-माधवलाई दिइयो राष्ट्रिय सभा चुनावमा काँग्रेस र एमालेसँग मिल्ने निर्णयको जिम्मा

‘प्रचण्ड’-माधवलाई दिइयो राष्ट्रिय सभा चुनावमा काँग्रेस र एमालेसँग मिल्ने निर्णयको जिम्मा


काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रिय सभा निर्वाचनमा काँग्रेस, एमाले र मधेश केन्द्रित दलहरूसँग सहकार्य गरेर जाने निर्णय गरेको छ ।

पेरिसडाँडामा बसेको परामर्श बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता प्रकाश ज्वालाले मतभारको आधारमा सम्मानजनक आधारमा सहकार्य गरेर जाने बताए ।

सीट सङ्ख्या र उम्मेदवार टुङ्ग्याउने जिम्मा संयोजक ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपाललाई जिम्मेवारी दिने निर्णय भएको बताए ।