काँग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

काँग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार


काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रिय सभा चुनावका लागि उम्मेदवारहरूको टुंगो लगाएको छ । आगामी ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ९ जना उम्मेदवारको नाम टुंगो लगाएको हो ।

काँग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच चुनावी तालमेलका लागि छलफल जारी रहेका बेला काँग्रेसले सातै प्रदेशमा चयन गरिएका उम्मेदवार भन्दै नामावली सार्वजनिक गरेको हो ।

एक शीर्ष नेताका अनुसार कोशी प्रदेशबाट सुनिल बहादुर थापा (अन्य), मधेश प्रदेशबाट धर्मेन्द्र पासवान (दलित) र रन्जित कर्ण (अपांगता), बागमती प्रदेशबाट गीता देवकोटा (महिला)लाई उम्मेदवार बनाउने निर्णय काँग्रेसले गरेको छ ।

यसैगरी अन्य उम्मेदवारहरूमा गण्डकी प्रदेशबाट जगत तिमिल्सिना (अन्य), लुम्बिनी प्रदेशबाट वासुदेव घिमिरे जंगली (अपांगता) र चन्द्रबहादुर (केसी), कर्णाली प्रदेशबाट ललितजंग शाही (अन्य) र सुदूरपश्चिमबाट खम्मबहादुर खाती (अन्य) छन् ।