राष्ट्रिय सभा निर्वाचनका लागि कोशीमा गठबन्धनका उम्मेदवारले गरे उम्मेदवारी दर्ता

राष्ट्रिय सभा निर्वाचनका लागि कोशीमा गठबन्धनका उम्मेदवारले गरे उम्मेदवारी दर्ता


काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि कोशीमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेस र नेकपा एमालेका उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेका तर्फबाट महिला क्लस्टरबाट रोशनी मेचे र दलित क्लस्टरमा सोमनाथ पोर्तेलले उम्मेदवारी दर्ता गराएका छन्।

अन्य क्लस्टरबाट काँग्रेसका सुनिलबहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन्। थापाको प्रस्तावक उद्धव थापा र रेगिना भट्टराई समर्थक छन्।

सोमनाथ पोर्तेलको प्रस्तावक छवि चुडाल, समर्थक एकराज कार्की छन् भने रोशनी मेचेको प्रस्तावक सिर्जना राई, समर्थक शोभा चेम्जोङ रहेको त्यहाँको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।