काठमाडौँ। राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकी प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले उम्मेदवारी दर्ता गराएको छ ।
बुधबार जिल्ला निर्वाचन अधिकृतको कार्यालय पुगेर गोमा लुइँटेल घिमिरे र कपिल लामाले मनोनयन दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता गराउने दुवै जना नेता नेकपा माओवादी केन्द्रबाट आएका हुन् । लामा नेकपाको केन्द्रीय सदस्य हुन् भने गोमा जनयुद्धकी घाइते हुन् ।
अन्तिम समयमा नेपाली काँग्रेस र नेकपा एमालेसँग भागबन्डामा सहमति नजुटेपछि लुइँटेल र लामाले उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रतिक्रिया