काठमाडौँ । सामाजिक सुरक्षा कोष डिजिटल गभर्नेन्स विधामा आइसीटी अवार्ड २०२५ प्राप्त गर्न सफल भएको छ। लिभिङ विथ आइसीटी र आइसीटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा हरेक वर्ष प्रदान गरिने आइसीटी अवार्ड २०२५ अन्तर्गत सामाजिक सुरक्षा कोष उक्त विधामा सम्मानित भएको हो।
डिजिटल सुशासन, पारदर्शिता तथा प्रविधिमैत्री सेवा प्रवाहमा सामाजिक सुरक्षा कोषले गरेको निरन्तर प्रयासको महत्त्वपूर्ण उपलब्धिको रूपमा यो सम्मान प्राप्त भएको कोषले जनाएको छ।
यस उपलब्धिमा योगदान पुर्याउने सम्पूर्ण कर्मचारीहरूप्रति सामाजिक सुरक्षा कोषले हार्दिक धन्यवाद व्यक्त गरेको छ। साथै, कोषप्रति विश्वास राखी सहकार्य गर्ने योगदानकर्ता, रोजगारदाता तथा निरन्तर सहयोग, समन्वय र मार्गदर्शन प्रदान गर्ने सम्पूर्ण साझेदार संस्थाहरूप्रति आभार प्रकट गरिएको छ।
कोषका अनुसार, यस सम्मानले आगामी दिनहरूमा अझ उत्तरदायी, प्रभावकारी तथा परिवर्तनशील डिजिटल सेवा प्रवाहतर्फ अघि बढ्न थप प्रेरणा प्रदान गरेको छ। सामाजिक सुरक्षा प्रणालीलाई सुदृढ र प्रभावकारी बनाउने प्रतिबद्धता निरन्तर कायम रहने कोषले स्पष्ट पारेको छ।

प्रतिक्रिया